बैशाख २६, २०८२ शुक्रबार

झापामा ‘बासँग बालबालिका’ कार्यक्रमको तयारी

बिर्तामोड । पूर्वमै पहिलो पटक ‘बा सँग बालबालिका’ कार्यक्रमको आयोजना गरिएको छ । झापा जिल्ला बाल सञ्चालले जेठ ८ गते बासँग बालबालिका कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

आज कनकाई नगरपालिकास्थित सुरुङामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी दिइएको छ । झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले कनकाई उद्योग वाणिज्य संघको सभाहलमा बासँग बालबालिका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

नेकपा (एमाले) का अध्यक्ष एव्म पूर्वप्रधानमन्धी केपी शर्मा ओली र जिल्लाभरका बालबालिकाहरुको सहभागितामा बासँग बालबालिका कार्यक्रम सञ्चालन हुने मिश्रको भनाई छ । उनले जिल्लाभरका पालिकाहरुबाट ३०-३० जना बालिका र कनकाईबाट समेत गरी जम्मा ६ सय बालबालिकाहरु सहभागी हुने बताइएको छ ।

बासँग झापाका बालबालिकाहरुले बालबालिका सम्बन्धी दूरदृष्टि वा भिजन सुन्नेछन् । झापाका बालबालिकाहरुले आफ्नो आवाज, अपेक्षा र आवश्यकताबारे ओलीलाई जानकारी दिने कार्यक्रम छ । यस्तै, कार्यक्रममा केपी बा र बालबालिकाका अनुभव तथा सिकाई आदानप्रदान गर्ने, विगत वर्तमान र भविष्यका नेपालका निर्णायक व्यक्तित्व ओलीको विचार सुन्ने र साक्षात्कार गर्ने सञ्जालका तयारी छ ।

कनकाईको बालमैत्री अभियानबारे जानकारी गराउने, श्रव्यदृष्य प्रस्तुत गर्ने र सांस्कृति कार्यक्रम प्रस्तुत गर्ने आयोजकले जनाएको छ । बाले बालबालिकालाई तीन घण्टा समय दिने रविन्द्र लम्सालले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०८१ आईतबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]