बैशाख २६, २०८२ शुक्रबार

एमाले बिर्तामोडको अधिवेशन जेठ १३ गते, लोगो सार्वजनिक

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन जेठ १३ गते बिर्तामोडमा हुने भएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन गरिने अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी र दोस्रो नगर अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । पार्टी केन्द्रीय सदस्य गिता अधिकारीले लोगो सार्वजनिक गरेकी हुन् ।

अधिवेशन तयारीको सन्दर्भमा जानकारी दिदैं अध्यक्ष भट्टराईले आयोजकसहित भूगोल, जनवर्गीय संगठन,मजदुर र मुक्ति समाजबाट ४९९ जना प्रतिनिधि सहभागी हुने बताए । उनका अनुसार अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्नेछन् ।

उक्त अवसरमा साविक अनारमनी, गरामनी र चारपाने गाविसका पार्टी प्रमुखहरुलाई सम्मान गरिने बताइएको छ ।

अधिवेशनबाट नगरको नयाँ नेतृत्व सर्वसम्मत गरिने भट्टराईको भनाई थियो । सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने छ ।

०७८ कार्तिक १६ गते भएको प्रथम नगर अधिवेशनबाट निर्वाचित कमिटीको कार्यकालमा तीनै तहको निर्वाचनमा विजयी हासिल गर्न सफलता हासिल भएको बताइएको छ ।
नगर अधिवेशनको पूर्वसन्ध्यामा जेठ १२ गते बिर्तामोड सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाले नेता देवराज कार्कीसहित नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ ८, २०८१ मंगलबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]