असार ९, २०८२ सोमबार

सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाण्डौ – जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले हिजो सिरोहियालाई थप तीन हिरासतमा राखेर अनुसन्धन्धान गर्न अनुमति दिएको हो ।

धनुषा अदालतको पाँच नम्बर इजलासमा पक्ष–विपक्षका वकिलहरूको बहसपछि यस्तो आदेश दिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरु रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले सिरोहियाको पक्षमा बहस गर्नुभएको थियो ।

प्रहरीले सिरोहियालाई गएको मङ्गलबार पक्राउ गरेको थियो । दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेपछि सिरोहियामाथि अनुसन्धान शुरु भएको हो ।

प्रकाशित मिति : जेष्ठ १२, २०८१ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]