ठुलो भएपछि आउनेछौं ‘बाई डेडी’ लेख्दै सम्पर्कविहीन भए गौरादहका दुई नाबालक
बिर्तामोड । झापाको गौरादह नगरपालिका- १ बेलडाँगी चौकबाट आज दुई जना बालक परिवारलाई चिठी लेखेर सम्पर्कविहीन भएका छन् । उक्त विषय अहिले सामाजिक सञ्जालमा प्रचार भइरहेको छ ।
भुपेन खड्काका २ नाबालक छोराहरु १४ वर्षीय खगेन्द्र खड्का र देब खड्का सम्र्कविहीन भएको परिवारले जनाएको छ । स्थानीय मोति माध्यमिक बिधालय गौरादह – १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत नाबालकहरु खैरो पेन्ट कोठे सर्ट र कपडाको पांन्डा जुत्ता लगाएर विहान घरबाट हिडेका थिए ।
बुबा आमा र दिदिलाई हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्ज जानेछौ भनेर लेखिएको चिठी समेत फेला परेको परिवारले जनाएको छ । सो चिठी घरमा सिरानी मुनि राखेर बेपत्ता भएको बुझिएको छ । उनीहरुले चिठीमा जति खोज्नु हुन्छ, त्यति नै भाग्छौ भन्दै लेखेका छन् ।
वेपत्ता भएका नाबालकका बुबा भुपेन खड्काले देख्नुहुने महानुभावलाई प्रहरी कार्यालय वा मोवाइल नम्बर ९८१४९०४७२३ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।