गौरादहका दुई नाबालक पथरीमा भेट्टाएर घर ल्याइयो
बिर्तामोड । झापाको गौरादह नगरपालिका– १ बेलडाँगी चौकबाट मंगलवार वेपत्ता भएका दुई जना बालकलाई परिवारले मोरङको पथरीमा फेला पारी घर फर्काइको छ । उनीहरुलाई आज ३ बजे विहान घर ल्याइएको छिमेकी सोम कार्कीले जानकारी दिए ।
पथरीमा एक वृद्धाको घरमा बसिरहेको अवस्थामा दुई बालकलाई फेला पारेको कार्कीले बताए ।
गौरादहका भुपेन खड्काका २ नाबालक छोराहरु १४ वर्षीय खगेन्द्र खड्का र देब खड्कालाई विहान घर ल्याइएको हो । स्थानीय मोति माध्यमिक बिधालय गौरादह – १ सितापुरीमा कक्षा ८ मा अध्ययनरत नाबालकहरु खैरो पेन्ट कोठे सर्ट र कपडाको पांन्डा जुत्ता लगाएर मंगलवार घरबाट हिडेका थिए ।
परिवारको सम्पर्कमा आएपछि उनीहरुले आफन्तको घर रमाइलो हिडेको भनेका थिए ।
बुबा आमा र दिदिलाई हाम्रो चिन्ता नलिनु हामीलाई नखोज्नु, हामी गौरीगञ्ज जानेछौ भनेर लेखिएको चिठी समेत परिवारले फेला पारेको थियो । उनीहरुले चिठीमा जति खोज्नु हुन्छ, त्यति नै भाग्छौ भन्दै लेखेका थिए ।