असार ८, २०८२ आईतबार

झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति

सहकारी संघद्वारा एक करोडको कोष घोषणा

बिर्तामोड – अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ ।

मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान हो । झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकको अपस्थितिमा जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा छात्रवृत्ति पाउने विद्यार्थीसमेत उपस्थित थिए ।

झापाली समाज अमेरिकाले एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियान नै सञ्चालन गरेर रकम संकलन गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार  ११ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]