बैशाख २४, २०८२ बुधबार

मिसन ८४ पछि एमालेले तिनै तहमा बहुमत ल्याउनेछ : इञ्चार्ज भट्टराई

इन्द्रकुमार राई 

शनिश्चरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इन्चार्ज बिशाल भट्टराईले एमाले नेतृत्वको सरकार नबनेसम्म देशमा बिकास असम्भव भएको बताएका छन् ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटीको शुक्रवार दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मिसन ८४ अभियान संचालन भइरहेको छ, नेता भट्टराईले भने – एमालेले बहुमत ल्याई सरकार नबनाए देश बन्दैन । आगामी ८४ को निर्वाचनमा तिनै तहको चुनावमा पार्टीले सानदार बहुमत ल्याउनेछ । आगामी निर्वाचनमा एक्ला–एक्लै पार्टी चुनाव लड्ने हो भने एमालेको शक्ति कति छ, हामी देखाउँछौ भन्दै सिद्धान्त, बिचार, उद्धेश्य केहि नभएको रास्वपाका नेताले ठूला पार्टीहरुलाई गाली गर्दै जनमत प्रभाव पार्ने प्रयास गरिरहेको बताए ।

गृह मन्त्रालय आफ्नो हातमा लिएर भ्रष्टाचारी सबै नेताहरुलाई जेल हाल्छु भन्ने रबि लामिछाने सहकारीका १ नम्बर ठग भएको आरोप लगाउँदै उनले भने, राष्ट्रिय राजनीतिमा पुरानो गठबन्धनले एमालेको शक्तिलाई तहसनहस बनाइरहेको अवस्थामा नेता केपी ओलीले सो गठबन्धन भत्काएर नयाँ समिकरण निर्माण गर्नुभएको बताएका छन् । हाम्रा नेता , कार्यकर्तामाथि ढुङ्गा हाने, हमला गरे, नेताका गाडी तोडफोड गरे । विदेशी शक्तिहरुले देशभित्र रहेका शक्तिहरुलाई उचालेर अर्को शक्तिलाई कमजोर बनाउने दुस्साहस धारणा राखे । इञ्चार्ज भट्टराईले त्यसबेला कांग्रेस चाहि डराएर कोठाभित्र पसेको बताए ।

उनले अधिवेशन लक्षित गरी अधिकांश पालिकाहरु सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको हुँदा अर्जुनधारा नगर कमिटीको नेतृत्व पनि सर्वसम्मत चयन गर्न सुझाव दिए । सर्वसम्मत गर्न सकिन्छ तर प्रतिक्षा गर्नुपर्छ, उनले थपे । जेठ मसान्तसम्म सबै पालिकाहरुको अधिवेशन सम्पन्न गरिसक्ने उनको भनाई थियो ।

एमाले अर्जुनधारा नगर कमिटीका कार्यवाहक अध्यक्ष लोकमान श्रेष्ठको सभापतित्व तथा सचिव लुवकुश गौतमले सञ्चालन गरेको अधिवेशन उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य मीना उप्रेती, कोशी प्रदेश कमिटी सदस्य कमला आचार्य, प्रदेश सांसद् चिन्तन पाठक ,जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी, विर्तामोड नगर कमिटीका नवनिर्वाचित अध्यक्ष सुभास भट्टराई , एमाले अर्जुनधाराका पूर्व सचिव सरिता भण्डारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

अधिवेशनको बन्दसत्रमा कावा अध्यक्ष श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन सचिव गौतमले प्रस्तुत गरेका छन् । कार्यक्रममा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेल, कोशी प्रदेश कमिटी सदस्य भोला परियार, जिल्ला कमिटी सदस्य एवंम अर्जुनधारा नगरपालिकाका मेयर बलदेव सिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुली लगायतको आतिथ्यता रहेको थियो । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : जेष्ठ १८, २०८१ शुक्रबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]