बैशाख २७, २०८२ शनिबार

सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख रकम बरामद

सुनसरी । सुनसरीबाट सशस्त्र प्रहरीले १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ । शनिबार राति सुनसरीको हरिनगर गाँउपालिका- ५ दुर्गा मन्दिर स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जादैँ गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान ९९७ लाख ० र ५ सय दरको ८ सय थान ९४ लाख ०रहेको छ । रकमसँगै कार र चालक हरिनगर गाँउपालिका-५ बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन् । नगद रकम , कार र चालकलाई आबश्यक अनुसन्धान तथा कारबाहिका लागि रजाश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उक्त रकम हुन्डी कारोबारको हुन सक्ने आशंका रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]