बैशाख २४, २०८२ बुधबार

एमाले अर्जुनधाराको नेतृत्वमा पुराना नेता बीर्खबहादुर प्रधान निर्वाचित

बिर्तामोड । आगामी तीनवर्षे कार्यकालका लागि नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।

निर्वाचनको आज अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै प्रधान विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी तारा खतिवडाले ११४ मत प्राप्त गर्नुभएको थियो ।। अध्यक्षका अर्का उम्मेदवार लोकनाथ गौतमले ४७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा रमेशकुमार त्रिखत्री दर्जी सर्वाधिक १८४ मतका साथ विजयी बन्नुभयो। उहाँले प्रतिस्पर्धी बीरबहादुर राईलाई ६६ मतले पराजित हुनुभएको छ । राईले ११४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा १७१ मतका साथ श्रीप्रसाद नेपाल विजयी हुनुभयो। उहाँका प्रतिस्पर्धी नगेन्द्र खनालले १२४ मत ल्याउनुभएको छ । त्यस्तै उपसचिवमा भानु मिश्र १४५ मत ल्याएर विजयी हुँदै नेत्रप्रसाद पौडेललाई ४ मतले पराजित गरेका गर्नुभयोे । पौडेलले १४१ मतमा चित्त बुझाउनु पर्यो । कुल मतदाता ३२३ रहेका निर्वाचनमा ३११ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]