असार ७, २०८२ शनिबार

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा आत्मसमर्पण

दिल्ली – दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

मुख्यमन्त्री केजरीवालले २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि  निर्धारित समयमा आत्मसमर्पण गरेको दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले जानकारी दिनुभयो । उहाँले केजरीवालको स्वास्थ्य अवस्था भने राम्रो नभएको बताउनुभएको छ ।

हिजो जेल जानुअघि केजरीवालले सर्वोच्च अदालतले चुनाव प्रचारका लागि २१ दिन दिएकोमा धन्यवाद दिएका बिबिसी हिन्दीले जनाएको छ ।  अदालतले चुनाव प्रक्रियामा सहभागी हुन केही दिन धरौटीमा रिहा गर्न मिल्ने भएकाले मतदान सकिएपछि आत्मसमर्पण गर्नुपर्ने बताएको थियो ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ६ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]