असार ७, २०८२ शनिबार

रतुवा खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

बिर्तामोड। इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलामा आएको बाढीले जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय सर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निरु लिम्बु भने घाइते छिन् । उनको उपचार भइरहेको छ ।

जीप खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए । प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]