बैशाख २७, २०८२ शनिबार

टी-२० विश्वकपमा आज भारत र आयरल्याण्ड भिड्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ । आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुदै छ ।

न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी-२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]