असार ७, २०८२ शनिबार

नेकपा एमाले सुनसरीका अध्यक्ष खनालको निधन

सुनसरी – नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ ।

लामो समयदेखि प्याक्रियाज सम्बन्धीको बिरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको एमाले केन्द्रीय प्रचार विभागका सदस्य लिलाराज भट्टराईले जानकारी दिए ।

एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट गएको जेठ १० गते खनाल अध्यक्षमा निर्वाचित भएका थिए । उनले नेता खेमराज पोखरेललाई ९६ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : जेष्ठ २४, २०८१ बिहीबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]