बैशाख २४, २०८२ बुधबार

वडा अधिवेशनमा जुट्यो शिवसताक्षी एमाले

झिलझिले । नेकपा एमाले शिवसताक्षी वडा अधिवेशनमा जुटेको छ । नगरको दोश्रो अधिवेसनले नयाँ नेतृत्व चयन गरेको दुई सातामै पार्टी वडा अधिवेसनमा केन्द्रित भएको हो ।

नेकपा एमाले शिवसताक्षी नगरका अध्यक्ष मेदनी दंगालले भने, ‘जेठ २९ देखी असार १५ गते सम्ममा नगरका सबै वडाको अधिवेसन सकिन्छ । सम्भव भए पार्टी सदस्ता पनि सोही अवधि नविकरण सक्ने पार्टीको योजना छ ।’ नेकपा एमाले शिवसताक्षी नगरको पहिलो पूर्ण बैठकले वडा अधिवेसनको टुङो लगाएको हो । शुक्रबार दुधे स्थित आदिवासी जनजाति सामुदायिक भवनमा पार्टीको पुर्ण बैठक बसेर निर्णय गरेको पार्टी अध्यक्ष दंगालले बताए ।

नेकपा एमाले शिवसताक्षी नगर पुर्ण कालिन र अल्पकालिन योजना बनाएर अघि बढ्ने नेकपा एमाले शिवसताक्षी नगरका अध्यक्ष दंगालले बताएका छन् ।

‘हामी दुई वटा विधि अपनाएर पार्टीको बार्षिक कार्यक्रम तय गर्छौ । पार्टीले वार्षिक कार्ययोजना बनाएर गर्ने वर्ष भरिका गतिविधि र कार्यक्रम नगरका हरेक टोल, वडा र गाउँमा संचालन गर्ने निर्णय गरेका छौ,’ अध्यक्ष दंगालले भने । नेकपा एमाले यी विषय लाई प्राथमिकतामा राखेर अघि बढ्नेछ ।’

अल्पकालीन विषयमा हामीले वडा अधिवेशन, पार्टी सदस्यता व्यवस्थापन, विभिन्न कार्यक्रमहरू लाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्यौ । सामूहिक छलफलबाट जेठ २९ गतेदेखि असार १५ गतेसम्ममा वडा अधिवेशन सक्ने, पार्टी सदस्यता थपका लागि आह्वान गरेर त्यस अवधिसम्ममा पार्टी सदस्यता थप गर्ने, धान दिवस मनाउने लगायतका विषयमा छलफल निर्णय भएको छ,’ अध्यक्ष दङ्गालले भने ।

पार्टीका सदस्यहरूलाई प्रशिक्षण प्रदानका लागि विभिन्न प्रकृतिका कार्यक्रमहरू सञ्चालन गर्ने, समाज रूपान्तरणको अभियानमा पार्टी सक्रिय भएर अघि बढ्ने, आर्थिक, सांस्कृतिक सामाजिक, पर्यापर्यटन, खेलकुद लगायतका विविध विषय र कार्यक्रममा सबैको अपनत्व हुने गरि जनसंगठनलाई सहभागी गराउने लगायतका विषयमा छलफल भएको अध्यक्ष दंगालले बताए । पार्टीका कार्यकर्ता, सदस्य र शुभेच्छुकलाई विभिन्न प्रकारका सीप सिकाउनका लागि नेकपा एमालेले रचनात्मक कार्यक्रम संचालन गर्ने विषयमा छलफल भएको दंगालले बताए ।

पहिलो पूर्ण बैठकमा निर्वाचित ७२ नगर समितिमा ५९, सात सदस्य लेखा समितिमा ७ को उपस्थिति रहेको नेकपा एमाले शिवसताक्षीले जनाएको छ ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा शिवसताक्षी नगर इन्चार्ज मेनुका काफ्लेको प्रमुख आतिथ्यतामा बसेको पूर्ण बैठकमा नेकपा एमाले झापाका अध्यक्ष संविधानसभाका सदस्य प्रेम गिरी, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ४ का क्षेत्रीय इन्चार्ज पूर्व नगर प्रमुख चन्द्रकुमार शर्मा, पूर्व प्रदेश कमिटी सदस्य राधाकृष्ण खनाल, नेकपा एमाले झापाका सदस्य तथा शिवसताक्षी नगरका प्रमुख मेगाहाङ थोप्रा , उपप्रमुख नरमाया कार्की लगायत को उपस्थिति थियो ।

नगर कमिटीको रिक्त ८ पद वडा अधिवेसन पछि नियुक्त गर्ने निर्णय भएको नगर सदस्य ढाका प्रसाद अधिकारी जानकारी दिए । बैठक पार्टीका नगर सचिव लक्ष्मी गुरागाईँले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २५, २०८१ शुक्रबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]