बैशाख २४, २०८२ बुधबार

फ्रुट एग्रोलाई दूषित पानी व्यवस्थापन गर्न किसानको माग

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ५ कञ्चनबारीस्थित फ्रुट एग्रो प्रोडक्ट प्रा .लिबाट बाहिरिने बिषादीयुक्त पानी व्यवस्थापन गर्न स्थानीय किसानले धर्ना दिएका छन् ।

विषादीयुक्त पानी पैनीमा निष्काशन गर्दै आएपछि स्थानीयबासीले खेतबालीमा मिसिएको भन्दै सोमबार फ्रुटी फ्याक्ट्री अगाडि दुषित पानी तत्काल व्यवस्थापन गर्न माग गर्दै धर्ना दिएका हुन् । स्थानीय कृषक बम बहादुर थापाका अनुसार फ्याक्ट्रीले कच्चा पदार्थमा प्रयोग गरिसकेपछि निस्किएको दूषित पानीले गाईवस्तु मर्छन् भन्ने पीर भइसक्यो । हामी संधै खेतबारीमा काम गर्छौ पानीका कारण घाउ खटेरा आइरहन्छ । स्वास्थ्यमा समेत प्रतिकुल असर गरेको उनको भनाई छ ।

कृषक अप्सरा दनुवारले दूषित पानी खोलामा नमिसाउन आग्रह गरेकी छन् । कहिलेकाही खोलामा नुहाउने – लुगा धुने गर्छौ, उनले भनिन् – दूषित पानीका कारण स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको छ ।

यसअघि अर्जुनधारा – ५ वडा कार्यालय समक्ष पूर्व वडा सदस्य खड्ग प्रसाद चौहानसहित कृषकहरुको समूहले उक्त कम्पनीलाई दूषित पानी तत्काल व्यवस्थापन गर्न निवेदन दिएपछि उनीहरूको माग अनुसार वडा कार्यालयले कम्पनीलाई तीन दिनभित्र दूषित पानी व्यवस्थापन गर्न निर्देशन दिएको वडाध्यक्ष गीताराज खड्काले जानकारी दिए । सो पत्र पठाएको हुँदा सो पत्र पूर्व जनप्रतिनिधि चौहानले कम्पनी इन्चार्ज नगेन्द्र रिजाललाई बुझाएका थिए ।

प्रकाशित मिति : जेष्ठ २८, २०८१ सोमबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]