बैशाख २८, २०८२ आईतबार

एक महिनाभित्र दूधको भुक्तानी गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एक महिनाभित्र दूधको मूल्यको बाँकी भुक्तानी गर्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो आग्रह छ, हाम्रो तर्फबाट कसरी सहजीकरण गर्नुपर्छ तयार छौँ । माननीय मन्त्रीज्यूले एक महिनाभित्र दूधको मूल्य भुक्तानी गर्ने प्रक्रियाका लागि आफ्ना तहबाट पहलकदमी प्रभावकारी ढङ्गबाट होस् ।’

रासायनिक मल कारखाना स्थापनाको माग भइराखेको उल्लेख गर्दै उनले सरकारले प्राङ्गारिक मलको प्रयोगका लागि प्रोत्साहन गर्नुपर्ने बताए । ७५३ वटै पालिकामा एकर एक वाट प्राङ्गारिक मल केन्द्र स्थापना गर्न आवश्यक रहेको उनको सुझाव छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]