असार ७, २०८२ शनिबार

स्थापना दिवसमा आँखा जाँच

बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको छ । बिर्तामोड- ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार १५ औं स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको हो ।

कर्मचारी युनियनले स्थापना दिवसमा बिर्तामोड– ४ स्थित लालीगुराँस टोलमा रहेको तारा नमस्ते बाल ग्रामका अभिभावक विहीन बालबालिकाको आँखा जाँच , छाता तथा खाद्यन्न सहयोग गरेको छ ।
बाल ग्रामका २८ जना बालबालिको आँखा जाँच तथा उनीहरुलाई छाता, चामल, तेल , भुजा, लगायतका सामग्री सहयोग गरिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रिय सचिव तथा महिला बिभाग प्रमुख कबिता कार्की कडरियाले जानकारी दिइन ।

उनले सामाजिक उत्तरदायित्व वहन गर्दै प्रत्येक बर्ष यस्ता प्रकारका सामाजिक कार्य गर्दै आएको जानकारी दिइन् । कर्मचारी युनियनका अध्यक्ष होमप्रसाद धितालको अध्यक्षता तथा कर्मचारी युनियन केन्द्रिय सचिव तथा महिला बिभाग प्रमुख कबिता कार्की कडरियाको प्रमुख आतिथ्यतामा भएको सहयोग हस्तानतरण कार्यक्रममा कर्मचारी युनियन उपाध्यक्ष रमेश सापकोटाले स्वागत गरेका थिए ।

कर्मचारी युनियन सचिव पुष्प अधिकारीले सञ्चालन गरेको कार्यक्रममा तारा नमस्ते बाल ग्रामको सञ्चालक यसोदा पोखरेल चापागांइले कर्मचारीले गरेको सहयोग प्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन ।
बालबालिकाको कबिता कार्की कडरिया, होमप्रसाद धिताल, नेत्रा अधिकारी , लगायतको टोलीले आँखा जाँच गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]