बैशाख २८, २०८२ आईतबार

वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा

काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालले असार १६ गतेदेखि वित्तीय संस्थाहरुविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

बिहीवार काठमाडौँमा समितिले पत्रकार सम्मेलन गर्दै यस्तो आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । समिति अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त पीडितका माग असार १५ गतेसम्म पूरा नभए १६ गतेदेखि वित्तीय संस्थाहरूको ज्यादती कालोसूची र धितो लिलाम गर्ने गराउने प्रक्रिया रोक्न माग गरे ।

उनले यी माग सम्बोधन नभए असार १६ गतेदेखि वित्तीय संस्थाहरू विरुद्ध देशव्यापी मसाल जुलुससहित विद्रोहमा जाने चेतावनी दिए । उनले वित्तीय माफियाहरूको विरुद्ध बलिदान दिन समेत तयार रहेको भन्दै विद्रोहमा जाने निर्णय भएको बताए । समितिले शान्तिपूर्ण आन्दोलनलाई कमजोरीका रूपमा नलिन सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८१ बिहीबार  १० : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]