असार ६, २०८२ शुक्रबार

संस्थापक अध्यक्ष पाठकको सम्झनामा प्रेस चौतारीले श्रद्धाञ्जली सभा गर्ने

बिर्तामोड । प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष एवम् झापाका पुराना पत्रकार नेत्र प्रसाद पाठकको आज अन्त्येष्टी गरिएको छ । कनकाई माईमा अग्रज पत्रकार पाठकको अन्त्येष्टी गरिएको हो ।

७२ वर्षीय पाठकको बिहीवार बिहान ९ः३० बजे बिर्तामोड–४ स्थित निवासमा निधन भएको थियो । शुक्रवार विहान छोरा विदेशबाट आएपछि अन्त्येष्टी गरिएको छ ।

प्रेस चौतारीका संस्थापक अध्यक्ष, शिक्षक संगठनका नेतासमेत रहेका पाठकको पार्थिव शरिरमा नेकपा एमालेको झण्डा ओढाएर सम्मान गरिएको थियो । यस्तै, कनकाई माईमा पत्रकार महासंघको झण्डा ओढाइएको थियो । उनी महासंघका पूर्व सचिव समेत हुन् ।

प्रेस चौतारी झापाले असार ३ गते पाँचौं दिनमा जिल्ला कार्यालय बिर्तामोडमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने अध्यक्ष मनकुमार गदालले जानकारी दिए । कार्यालयमा अग्रज पत्रकार स्वर्गीय पाठकप्रति श्रद्धाञ्जली अर्पण गर्न शोक पुस्तिका राखिएको गदालले जानकारी दिए ।

भद्रपुरबाट प्रकाशित स्वाधिन संम्वाद साप्ताहिकको कार्यकारी सम्पादक समेत रहेका उनी बिर्तामोड–४ मेथीबारी टोलमा पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नातिसहित बस्दै आएका थिए । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार गर्दै आएका थिए ।

प्रकाशित मिति : असार १, २०८१ शुक्रबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]