असार ६, २०८२ शुक्रबार

कनकाईमा विद्युतीय शवदाह गृह बनाउन २ करोड विनियोजन

बिर्तामोड । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् ।

कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : असार ३, २०८१ आईतबार  ९ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]