बैशाख २४, २०८२ बुधबार

शनिश्चरेमा रक्तदान

शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा अर्जुनधारा – ८ शनिश्चरे बजारस्थित ज्येष्ठ चौतारीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा देखिएको रगतको अभावलाई न्यूनिकरण गर्ने उद्देश्यले रास्वपा अर्जुनधारा नगर समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उप–शाखाको समन्वय र नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान जीवनदान भन्ने मूल नाराका साथ रास्वपा अर्जुनधारा नगर समितिका सभापति टिआर गौतमको अध्यक्षता र सचिव देवेन्द्र मैनालीले सञ्चालन गरेको कार्यक्रममा रमेश समदर्शी , सन्तोष नेम्वाङ (ऐतराज) ,रमेश पौडेल, बिष्णु आचार्य, दिपक कार्की , सुजाता कुँवर, जोन खडका , लक्ष्मी खतिवडा ,कृष्ण श्रेष्ठ, भुपाल परियार, पुष्पलाल निरौला लगायत ४२ जनाले रक्तदान गरेको सचिव मैनालीले जानकारी दिए ।

सोही अवसरमा ७३ औं पटक रक्तदान गर्ने रमेश पौडेल र ४० औं पटक रक्तदान गर्ने बिष्णु आचार्यलाई सम्मान गरिएको थियोे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यालयका प्राविधिक टोली रुपा लावती, सविना थापा ,सृजना ओझा र झरना माबोले सेवा प्रदान गरेका थिए ।

उद्घाटनको अवसरमा प्रमुख अतिथि उप्रेती ,नेपाल रेडक्रस सोसाइटी अर्जुनधारा उपशाखा सभापति कृष्णप्रसाद भट्टराई , अर्जुनधारा उद्योग वाणिज्य संघ अध्यक्ष इन्दिवर खड्का, रास्वपा अर्जुनधारा – ७ का वडा सभापति मात्रिका चापागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : असार ११, २०८१ सोमबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]