बैशाख २०, २०८२ शनिबार

शिवसताक्षीको बजेट ९६ करोड २६ लाख

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ का लागि ९६ करोड २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले १४ औं नगरसभाबाट उपप्रमुख नरमाया कार्कीले आन्तरिक स्रोत, प्रदेश सरकार, संघीय सरकारबाट अनुदान गरी उक्त बजेट प्रस्तुत गरेकी हुन् । उक्त बजेटमा तोकिएका समूहका व्यक्तिहरुको ३५ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता बापतको रकम समावेश नगरिएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

जसमा आन्तरिक आम्दानी ५ करोड ८७ लाख, लागत सहभागिता ४ करोड, बाँडफाड प्राप्त, २ करोड, २७ लाख, संघीय सरकारबाट ७८ करोड ०६ लाख ११ हजार बजेट सार्वजनिक गरेको छ । त्यस्तै प्रदेश सरकारबाट समानिकरण १ करोड ११ लाख ३७ हजार, समपुरक अनुदान १ करोड ३० लाख, सशर्त अनुदान २ लाख ३३ लाख, सवारी साधन बाँड फाँडबाट १, करोड ३० लाख गरी ८६ करोड २६ लाख बराबरको बजेट रकम नगरसभाबाट सार्वजनिक गरिएको हो ।

सिमित स्रोत साधनबीच बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले जानकारी दिए । नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर १ करोड ३५ लाख बजेट छुट्याएको छ । त्यस्तै स्वास्थ्य, पूर्वाधार विकास, कृषि, पशु सेवा लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको नगरप्रमुख थोप्राले बताए ।

नगरले गौरवका आयोजनाहरु पूर्ण रुपमा सम्पन्न नहुन्जेल तीनै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । नगरको रिङ्गरोडलाइ पूर्णता दिने, स्मार्ट विद्यालय कार्यक्रम, नगर स्तरीय दुधे रंगशाला निर्माणमा निरन्तरता दिइने भएको छ । नगर भित्र रहेको धार्मिक तथा पर्यटनको विकास लगायत आगामी आवमा बालमैत्री नगर घोषणाका लागि विभिन्न कार्यक्रमहरु गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरका ११ वटै वडालाई ६० लाखको दरले सिलिङ बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : असार ११, २०८१ सोमबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]