चट्याङ लागेर समयगढमा एकको मृत्यू
बिर्तामोड । झापामा आज विहान चट्याङ लागेर एक जनाको मृत्यू भएको छ । विहान ७ बजे कमल गाउँपालिका २ समयगढका ४६ वर्षीय राजन खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खड्का आफ्नै घरबाट खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङ लागेर घाईते भएका थिए । उनको उपचारको लागि आम्दा अस्पताल दमक लगिएको थियो । खड्कालाई पौने ८ बजे अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको झापा प्रहरीले जनाएको छ ।