बैशाख १९, २०८२ शुक्रबार

सर्पले डसेर कचनकवलमा बालिकाको मृत्यु

बिर्तामोड । बुधबार झापाको कचनकवल गाउँपालिका–३ गंगावस्तीमा विषालु सर्पको डसाईले एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आफ्नै घरको भण्डारण कोठामा रहेको टेबल निकाल्ने क्रममा कालो गोमन सर्पले उनलाई मंगलबार साँझ डसेको थियो ।

सर्पले डसे लगत्तै बालिकालाई उपचारका लागि बनियानीस्थित सर्पदंश उपचार केन्द्रमा लागि लिएको थियो । केन्द्रले थप उपचारका लागि उनलाई विर्तामोडस्थित विएण्डसी रिफर गरेको थियो । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।

स्थानीय स्वर्णिम शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत ती बालिका परीक्षाको तयारीका लागि टेबल निकालेर पढ्न लागेकी थिइन् । बालिकालाई डसेको कालो गोमनलाई भण्डार कोठा सफा गरी मारिएको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

प्रकाशित मिति : असार १३, २०८१ बुधबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]