बैशाख २७, २०८२ शनिबार

टी- २० विश्वकपको ‘टिम अफ द टुर्नामेन्ट’ घोषणा

काठमाडौँ । आइसीसीले टी- २० विश्वकपको टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ ।

आइसीसीको टिम अफ द टुर्नामेन्टमा विश्वकप विजेत देश भारतबाट कप्तान रोहित शर्मासहित ६ खेलाडी परेका छन् । जसमा कप्तान रोहितसहित सूर्यकुमार यादव, हार्दिक पाण्डेय, अक्सर पटेल, जसप्रित बुमराह र अर्शदीप सिंह रहेका छन् ।

त्यस्तै विश्वकपको टिम अफ द टुर्नामेन्टमा अफगानिस्तानका तीन खेलाडी रहेका छन् । जसमा कप्तान राशिद खान, रहमतुल्लाह गुरबाज र फजाल्हक फारुकी रहेका छन् । त्यस्तै वेस्ट इन्डिजका निकोलस पुरन, अस्ट्रेलियाका मार्कस स्टोइनिस यस टिममा परेका छन् ।

त्यस्तै यस टिमको १२औं खेलाडीको रुपमा उपविजेता बनेको दक्षिण अफ्रिकाका बलर एनरीक नोकिया रहेका छन् ।

प्रकाशित मिति : असार १९, २०८१ मंगलबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]