असार ४, २०८२ बुधबार

गौरीगञ्जमा आमा-बच्चाको पोषणका लागि कुखुराको चल्ला

बनियानी – आमा र बच्चा दुवैको पोषणमा सहयोग पु(याउने उद्देश्यले झापाको गौरीगञ्ज गाउँपालिकाले सुत्केरी महिलालाई कुखुराको चल्ला वितरण गरेको छ ।

गाउँपालिकाले यहाँका ४४ जना सुत्केरीलाई जनही १०र१० वटाका दरले कुखुराको चल्ला वितरण गरेको हो । बुधबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले उनीहरुलाई कुखुराको चल्ला हस्तान्तरण गर्नुभयो ।

आजै गौरीगञ्ज गाउँपालिकामा स्तनपान कक्ष स्थापना गरिएको छ । ‘अवरोध घटाऔँ र शिशुलाई स्तनपानबाट वञ्चित नगरौँ’ भन्ने नारालाई मूर्तरुप दिन गाउँपालिकाले स्तनपान कक्ष स्थापना गरेको हो ।

गाउँपालिकामा पालिकास्तरीय किशोरी सूचना केन्द्रसमेत् स्थापना गरिएको छ । किशोर–किशोरीमा सेवाको पहुँच वृद्धि गर्दै उनीहरुको यौन तथा प्रजनन् स्वास्थ्य अवस्थाबारे जानकारी लिनेदिने उद्देश्यले किशोरी सूचना केन्द्र स्थापना गरिएको गाउँपालिकाकाले जनाएको छ ।

प्रकाशित मिति : असार २१, २०८१ बिहीबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]