बैशाख २४, २०८२ बुधबार

बिर्तामोड–शनिश्चरे सडक संचालनमा

बिर्तामोड । लामो समयदेखि अवरोध खेपिरहेको झापाको बिर्तामोड–शनिश्चरे सडक पूर्ण रुपमा संचालनमा आएको छ । भत्किएर बर्षाैदेखि अवरुद्ध हुँदै आएको सडकको बाँकी रहेको खण्डमा कालोपत्रे निर्माण भएसँगै मंगलवारबाट सवारी साधन सहजै आवतजावत गर्न थालेका छन् ।

गत असार ९ गते सुरु भएको सडक कालोपत्रे गर्ने कार्य मंगलबार सम्पन्न भएको हो । काम सुरु भएपछि बिचमा केहि दिन स्थगित हुँदा ढिलाई भएको थियो । त्यस अघिनै निर्माण गर्नुपर्ने सडक विभिन्न कारणले निर्माण हुन पाएको थिएन ।

१५ करोड ६० लाख रुपैंयाँमा ठेक्का लागेको यो सडकको पुरा स्वरुप बिर्तामोडको टाटा सोरुमदेखि कप्तानबारी हुँदै लक्ष्मीपुरबाट कालिस्तानसम्म ६ दशमलब २ किलोमिटरको हुनेछ । बिर्तामोडदेखि दासपुलसम्म ४ लेन र दासपुलदेखि कप्तानबारीसम्म ७ मिटरको सडक निर्माण हुने सम्झौतामा उल्लेख छ । हाल सबैभन्दा जीर्ण रहेको खण्ड दासपुलदेखि कप्तानबारीसम्म १ दशमलब ५ किलोमिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो । ‘प्रविण मैनाचुली शान्ति’ जेभीले ठेक्का पाएको यो सडक २०७९ जेठमा ठेक्का लागेको थियो ।

यो सडक खण्डमा यसअघि सडकमा सवारी साधन चलाउन नसक्ने गरी खाल्डा–खुल्डी भएका कारण कतिपय सवारी साधन दुर्घटनामा परेका थिए । स्थानीयले सडक निर्माण गर्न दवाब दिने उदेश्यले पटक–पटक सडक अवरुद्ध गर्दै आएका थिए ।

प्रकाशित मिति : असार २१, २०८१ बिहीबार  ८ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]