असार ३, २०८२ मंगलबार

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौँ, २८ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

रास्वपा संसदीय दलको आजको बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा आज प्रस्तुत गर्ने विश्वासको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले राससलाई जानकारी दिनुभयो ।

रास्वपाले पार्टीका सांसदलाई बैठकमा अनिवार्य उपस्थित हुन र तटस्थ नबस्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : असार २९, २०८१ शुक्रबार  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]