असार ३, २०८२ मंगलबार

अझै भेटिएन पहिरोसँगै त्रिशूलीमा खसेका बस

काठमाडौं– शुक्रबार बिहान सवा ३ बजे पहिरोसँगै त्रिशूलीमा खसेका दुवै बस अझै भेटिन सकेका छैनन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले सोहोरेपछि त्रिशूलीमा खसेका दुवै यात्रुबस अझै नभेटिएका हुन् ।

पहिरोले सोहोरेको स्थानमा बसका टुक्रा, शिशासहित अवशेष भेटिए पनि त्रिशूलीमा खसेर डुबेका दुवै बस र त्यसमा सवार यात्रु पनि भेटिन नसकेका हुन् ।

बस खस्ने क्रमममा तिनका शिशा र सानातिना भाग भेटिए पनि दुवै बस त्रिशूलीमा पूरै डुबेकाले नभेटिएका हुन् ।

त्रिशूलीमा बाढी आएर पानीको करेन्ट एकदमै कडा भएकाले गोताखोर र अन्य सुरक्षाकर्मीहरूले खोजीमा सकस भोग्नु परेको छ ।

बसको खोजीमा नेपाली सेनाको गोताखोर टोली, सशस्त्र प्रहरीको गोताखोर टोली परिचालित छन् । उनीहरूले मोटरबोट र ¥याफ्टबोटसहित खोजी गर्दा पनि बसको एकीन स्थान पत्ता नलागेको हो ।

खोजीका क्रममा एउटा हुक त्रिशूलीको सतहमा अड्किए पनि पानी धमिलो भएकाले बस या अरुको भाग भन्ने खुल्न सकेको छैन ।

बिहानभरी खोज्दा पनि नभेटिएपछि अहिले सुरक्षाकर्मीहरू समीक्षा र नयाँ उपायको खोजीमा लागेका छन् ।

घटनास्थलमा तीनै निकायका २ सय जनाको सुरक्षा फौज परिचालित छन् ।

काठमाडौँबाट गौर गइरहेको गणपति डिलक्सको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स बस पहिरोसहित त्रिशूलीमा खसेका थिए ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर परिचालित छन् । चितवनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै बसमा चालकसहित ६५ जना सवार रहेको बताएका छन् ।

प्रकाशित मिति : असार २९, २०८१ शुक्रबार  १२ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]