बैशाख २५, २०८२ बिहीबार

नयाँ सरकार गठनबारे परामर्श लिन राष्ट्रपतिले संविधानविदहरूलाई बोलाए शीतल निवास

बिर्तामोड । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् । शीतल निवास स्रोतकाअनुसार संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बने असंवैधानिक हुने तर्क गरेका छन् । उनले राष्ट्रपतिलाई समेत यो बताएका थिए । प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसदमा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।

प्रकाशित मिति : असार २९, २०८१ शुक्रबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]