बैशाख २५, २०८२ बिहीबार

शीतल निवास पुग्यो सभामुखको पत्र

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि पदमुक्त हुनुभएको छ । पदमुक्त भएको संसद सचिवालयले राष्ट्रपतिलाई जानकारी गराएको छ ।

१३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि सभामुख देवराज घिमिरेले मत परिणामसहितको जानकारी शीतल निवास पठाउनुभएको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदको पत्र शीतल निवास पुगिसक्नुभएको छ । अब राष्ट्रपतिको आह्वानको पर्खाइमा आफूहरु रहेको उहाँले बताउनु भयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेससहितका दलहरुको समर्थन रहेको पत्र तयार रहेकाले राष्ट्रपतिले बोलाउना साथ जाने तयारी छ ।

पदमुक्त भएलगत्तै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन जानु भएको थियो ।

प्रकाशित मिति : असार २९, २०८१ शुक्रबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]