बैशाख २७, २०८२ शनिबार

जग्गा कारोबार बढेसँगै भद्रपुर मालपोतमा राजस्व वृद्धि

भद्रपुर – भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०र८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजश्व सङ्कलन गरेको छ । ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेशन पारितबाट उक्त आम्दानी भएको हो ।
आव २०८०र८१ मा स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु भएसँगै जग्गाको कारोबार बढेकाले राजस्व बढेको मालपोत कार्यालयका सूचना अधिकारी राजु दाहालले बताउनुभयो । “गत आव २०७९र८० कोे तुलनामा रु २२ करोड १२ लाख ६९ हजार एक सय ९९ ले राजस्व वृद्धि भएको छ”, उहाँले भन्नुभयो । गत आवमा रु ५८ करोड ४५ लाख ४५ हजार तीन सय ९३ राजस्व सङ्कलन भएको थियो ।
आर्थिक वर्ष २०८०र८१ मा सेवा करवापत रु सात करोड ५१ लाख ३९ हजार चार सय ७६, रजिष्ट्रेशन दस्तुरबाट रु ४७ करोड ३० लाख ३० हजार पाँच सय ५४, छुटवापत रु छ करोड २७ लाख ८७ हजार छ सय १२, डोर सुविधा शुल्क रु एक लाख ८९ हजार, पुँजीगत लाभकर रु ३२ करोड एक लाख २५ हजार दुई सय ६७ र विलम्ब शुल्कवापत रु एक लाख १७ हजार नौ सय छ राजस्व सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]