असार ३, २०८२ मंगलबार

रमेश विकलका तीन कृति प्रकाशन

काठमाडौँ, १ साउन – आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन् । आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ प्रकाशन गरिएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ ।

रमेश विकल समग्र मूल शीर्षकअन्तर्गत कृतिमा उहाँका कथा, उपन्यास र नाटक गरी अलगअलग तीन वटा खण्डमा प्रकाशित भएका हुन् । विकलका कतिपय कृति नयाँ संस्करणमा प्रकाशन नगरिँदा शोधार्थी, विद्यार्थी र पाठकलाई कठिनाइ भइरहेको थियो । यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले यी कृति प्रकाशन गरेको हो ।

रमेश विकल समग्र कथा खण्डमा सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटासहित करिब एक सय ५० कथा एक हजार तीन सय ९२ पृष्ठमा विस्तारित रहेको महासचिव विजय चालिसेले राससलाई जानकारी दिनुभयो । नौ सय ४४ पृष्ठको उपन्यास खण्डमा विकलका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी छ सय आठ पृष्ठको नाटक खण्डमा यसअघिप्रकाशित चार सङ्ग्रहका साथै फुटकर प्रकाशित नौ वटा नाटक समावेश गरिएका उहाँले बताउनुभयो ।

विसं २०१६ देखि २०७५ सम्मका अलगअलग कालखण्डमा प्रयुक्त वर्णविन्याशगत विविधतालाई एकरूपता दिइ वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीले यी कृतिका लागि योगदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार  ११ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]