बैशाख २७, २०८२ शनिबार

सबै प्रकारका भुक्तानी बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने

काठमाडौँ । अर्थ मन्त्रालयले सबै प्रकारका भुक्तानीहरू सोझैँ बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउन भनेको छ ।

अर्थ मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०८१-८२ को बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै यस्तो भनेको हो । ‘नगद कारोबार गर्दा हुन सक्ने जोखिम कम गर्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवा प्रदायक र परामर्शदाताको अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी ९इएफटी० गर्ने व्यवस्था मिलाउनु हुनेछ,’ अर्थ सचिव मधु कुमार मरासिनीले जारी गरेको मार्ग दर्शनमा भनिएको छ, ‘तलब, भत्ता, औषधि उपचार, उपदान, सञ्चित बिदा र सामाजिक सुरक्षा भत्ता लगायतका सबै प्रकारका भुक्तानीहरू सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी (इएफटी) गर्ने व्यवस्था मिलाउनु हुनेछ ।’

स्वीकृत रकम एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षक वा एक खर्च शीर्षकबाट अर्को खर्च शीर्षकमा एउटा कार्यालयबाट अर्को कार्यालयमा रकमान्तर गर्नु परेमा घटाउने बजेट उपशीर्षक वा खर्च शीर्षकमा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) मा नै रोक्का राखी रोक्का नम्बरसहित अर्थ मन्त्रालयले तोकेको ढाँचामा रकमान्तर माग गर्नुरगराउन भनिएको छ ।

प्रकाशित मिति : श्रावण ३, २०८१ बिहीबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]