सुखानी स्मृति पार्कमा राष्ट्रिय युवा संघको वृक्षरोपण
बिर्तामोड । झापाको अर्जुनधारा –९ स्थित सुखानी शहिद स्मृति पार्कमा आज विहान वृक्षरोपण गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले वृक्षरोपण गरेको हो ।
‘एक युवा, पाँच विरुवा’ अभियान अन्तर्गत युवाहरुले वृक्षरोण गरेका हुन् । सुखानी शहिद पार्कलाई सौन्दर्यकरणमा थप टेवा पुराउनका लागि विभिन्न प्रजातिका २५० विरुवा रोपिएको वडा कमिटी अध्यक्ष विपुल राईले जानकारी दिए ।
राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य एवम् संगठन विभाग सचिव रोजिना पाण्डेको प्रमुख आतिथ्यतामा भएको वृक्षरोपणमा पार्टीका नगर अध्यक्ष विर्ख बहादुर प्रधानको विशिष्ट आतिथ्यता रहेको थियो । संगठनका वडा कमिटी अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम राष्ट्रिय युवा संघका घनेन्द्र डाँगीले सञ्चालन गरेका छन् ।