बैशाख २५, २०८२ बिहीबार

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदको विश्वास

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधिसभामा आज भएको मतदानमा उनको पक्षमा दुईतिहाइ सांसदले भोट हाले ।

विश्वासको मतको मत विभाजनको बैठकमा २६३ सांसद उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत प¥यो विपक्षमा माओवादी, रास्वपा, राप्रपा र नेकपा एसका ७७ सांसदले मतदान गरे । दिन्न भन्नेमा १ मत प¥यो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ ।

कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

नियुक्तिको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले आज विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]