भद्रपुरमा पुष्पलाल स्मृति दिवस
भद्रपुर – नेकपा एमाले भद्रपुर नगर कमिटीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलालको ४६ औं स्मृति दिवस मनाएको छ ।
भद्रपुर नगर कमिटीले आफनो सभाकक्षमा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सल्लाहकार माधव विद्रोही, एमाले झापा उपसचिव अशारु राजवंशी, जिल्ला सदस्यहरु कालिचरण बस्नेत, ब्रम्हलाल ढुङ्गाना, जगत न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
नगर कमिटीका अध्यक्ष निर्माण नेपालले नेकपाका संस्थापक क. पुष्पलालको ४६ औं स्मृति दिवसको अवसरमा नेपालमा साम्यवादी आन्दोलनका सर्जक क. पुष्पलालको राजनैतिक जीवनको बारेमा प्रकाश पार्नुभएको थियो ।
माता तुलसीकुमारी र पिता भक्तलाल श्रेष्ठका माइला छोरा पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते २ नं. रामेछापमा भएको तियो ।
२००४ सालमा राष्ट्रिय कांग्रेसले सञ्चालन गरेको नागरिक अधिकारको आन्दोलनको क. पुष्पलाल, शम्भूराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, सहाना प्रधानले नेतृत्व गर्नु भएको थियो । त्यसपछि राष्ट्रिय कांग्रेसको छत्रछाँयामा समाज रुपान्तरणको संभावना नदेखेपछि २००६ साल वैशाख १० गते उहाँलगायत ५ जनाले भारतको कलकत्तामा नेकपाको स्थापना गर्नु भयो । उहाँको विवाह २०१० सालमा महिला नेतृ सहाना प्रधानसँग भएको थियो ।
सन १८४८ सालमा कार्लमाक्स, फेडेरिक एङगेल्सले वैज्ञानिक साम्यवादको आधारभूत सिद्धान्तहरुको प्रतिपादन गर्दै तयार पार्नु भएको दस्तावेज कम्युनिष्ट पार्टीको घोषणा पत्रलाई नेपाली माटो र परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र भावानुवाद तयार गर्नुभयो । नेपालीको पहिलो साम्यवादी साहित्य नै मानिन्छ ।
सोभियत रुसमा २०१६ सालमा भएको अन्तराष्ट्रिय सम्मेलनमा भागलिन नेपालबाट पुष्पलाल जानु भएको थियो । त्यसपछि उहाँ चीन लगायतका देशहरुको भ्रमण गर्दै फर्किनु भएको थियो । राजा महेन्द्रले नेपालमा कु गरेर पञ्चायती व्यवस्था लागू गरेपछि क. पुष्पलालले छरिएर रहेका कम्युनिष्टहरुलाई गोलबन्द गर्नुहुँदै नेकपाको तेस्रो राष्ट्रिय सम्मेलन तर्फ डो¥याउनु भएको थियो ।
क. पुष्पलालसन्१९४९ देखि १९५४सम्म नेपालको कम्युनिष्ट आन्दोलनको शीर्ष पुरुष तथा नेकपाको महासचिवको हैसियतमा हुनुहुन्थ्यो । उहाँको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीमा रहेको अल ईण्डिया मेडिकल इन्स्टिच्यूटमा घातक रोगको उपचार गर्दा गर्दै निधन भएको थियो ।