जेष्ठ ३२, २०८२ शनिबार

जमेको पानीमा डुबेर बालकको मृत्यु

बिर्तामोड । जमिनको खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शनिबार बिहान ११ बजे खेल्न हिँडेका दिलसाद घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेको थियो ।

स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]