बैशाख ३०, २०८२ मंगलबार

भारतको उपाधि निरन्तरतामा ब्रेक, श्रीलंकाले पहिलाेपटक उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

बिर्तामोड । महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि १८ औँ ओभरको चौथो बलमा काभिसा दिलहरीले छक्का प्रहार गर्दै जीत दर्ता गरेकी हुन् ।

Sri Lanka players celebrate with the trophy, Sri Lanka vs India, Women's Asia Cup 2024 final, Dambulla, July 28, 2024

 

जीतका लागि ब्याटिङतर्फ श्रीलंकाकी हर्सिता सामराविकरामाले अविजित रहँदै फाइनल खेलकै सर्वाधिक ६९ रन जोडेकी थिइन् । उनले २ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा सो रन जोडेकी हुन् । त्यस्तै क्याप्टेन चमारी अथपथ्थुले २ छक्का ९ चौकाको मद्दतमा ६१ रन जोडेकी थिइन् ।

खेलको सुरुवातमा भिसमी गौनरन्तेलाई गुमाएको श्रीलंकन् महिला खेलाडी त्यसपछि भने डटेर भारतीय बलिङको सामना गरेका थिए । दुई खेलाडीको अर्धशतक र काभिसा दिलहरीको धमाकेदार ब्याटिङसँगै श्रीलंकाले उपाधि हासिल गर्न सफल भएको हाे । दिलहरीले १६ बलमा ३० रन जोडेपछि भारत खेलमा फर्किन सकेन ।

भारतीय बलिङमा दिप्ती शर्माले एक मात्र विकेट निकाल्न सफल भइन् । अरु कुनै बलरले विकेट लिन सकेनन् । भिसमी भने रनआउट भएकी थिइन् ।

ब्याटिङ तर्फ भने अर्धशतकीय पारी खेल्दै स्मृति मन्दनाले ६० रन जोड्न सफल भइन् । उनी दिलहरीको बलमा क्याच आउट भएकी थिइन् । रिचा घोषले ३०, चमम रौद्रिगसले २९, सफली वर्माले १६ र क्याप्टेन हमनप्रित कौरले ११ रन जोडे भने अरु खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् ।

श्रीलंकन बलिङतर्फ दिलहरीले २ विकेट लिइन् भने उदेशिका प्रवोदनी, सचिनी निसान्साला, चमारी अथपत्थुले १-१ विकेट लिएका थिए । टस जितेर ब्याटिङ रोजेको भारतलाई १६५ रन राेक्दै श्रीलंकाले ६ विकेट लिएको थियो । खेलको प्लेयर अफ द म्याच श्रीलंकाकी हर्सिता बनिन् भने प्लेयर अफ दि सिरिज चमारी अथपथ्थु बनेकी छन् ।

भारत महिला एसिया कपको फाइनलमा नवौँ पटक पुगेको थियो । भारत आठौंपटक विजेता बन्न वञ्चित भएको छ । उपाधि यात्राको निरन्तरतालाई ब्रेक लगाउँदै आयोजक श्रीलंका घरेलु मैदानको फाइदा उठाउँदै उपाधि उचाल्न सफल भएको छ । श्रीलंकाले महिला एसिया कपको उपाधि पहिलोपटक जितेको हो ।

प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]