बैशाख २५, २०८२ बिहीबार

कोशीमा राष्ट्रिय समिकरण अनुसार  संयुक्त सरकार निर्माण हुने

बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले शक्ति संख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिए ।

ख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा मन्त्रालयको संख्यामा वृद्धि नहुने समेत प्रष्ट पारे । उनले नेकाले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्दै आबधिक समयमा नमिलेको बजेटलाई कानुन वमोजिम सच्याउने सकिने विचार व्यक्त गरे ।

प्रकाशित मिति : श्रावण १४, २०८१ सोमबार  ५ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]