बैशाख १९, २०८२ शुक्रबार

महाभारामा बालबालिकाका लागि पाठशाला सञ्चालन

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिका – १ महाभारामा बालबालिकाहरुलाई व्यवहारिक ज्ञान दिन पाठशाला सञ्चालनमा ल्याइएको छ ।

गत शनिवारदेखि स्थानीय सिर्जनशिल महिला समूहले व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले पाठशालाको सुरुवात गरेको सचिव मनिता सुवेदीले जानकारी दिइन् । उनका अनुसार पाठशालाले बालबालिकालाई सानै उमेरबाट सामाजिक बन्न सहयोग पुग्नेछ ।

४ वर्ष पुरा भएका १२ सम्मका बालबालिकाहरुलाई घरदेखि समाजसम्मका अनुशासन, नमस्कार, प्रणायमदेखि मोवाइल हेर्ने बानी छुटाइने सचिव सुवेदीको भनाई छ । उनले भनिन्, – ‘समाजको म हुँ, समाजका लागि म छु’ भन्ने नारासहित सुरु गरिएको पाठशालामा ३५ जना बालबालिका सरिक भइसकेका छन् । पाठशालामा १ सय रुपैया भर्ना शुल्क लाग्नेछ भने मासिक ५० रुपैयाँ बुझाउनुपर्ने बताइएको छ । उक्त संकलित रकम बालबालिकाहरुकै लागि उपयोग गर्ने सचिव सुवेदीले जानकारी दिइन् । पहिलो चरणमा वडा नं. १ र २ का बालबालिकाहरु पाठशालामा सहभागी हुने छन् ।

बालबालिकाहरुलाई विभिन्न विषयहरुमा सहजीकरण गर्न उनीहरुको क्षमताको पहिचान गर्दै जाने बताइएको छ । हात कसरी धुने ? त्यो पनि सिकाइन्छ, सुवेदीले भनिन् – हरेक क्षेत्रका व्यक्तित्वहरुबाट बालबालिकाहरुलाई प्रशिक्षित गर्दै जाने योजना छ । उक्त पाठशालाको उद्घाटन गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पुजन कुँवरले गरेकी हुन् ।

प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]