जेष्ठ ३, २०८२ शुक्रबार

राँकेबाट बिर्तामोड आयात गरेको फूलकोबी खान अयोग्य

बिर्तामोड । झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा आयात गरिएको फूलकोबी उपयोग गर्न अयोग्य पुष्टि भएको छ । उपयोग गर्न अयोग्य भएपछि फूलकोबीलाई खाल्डोमा पुरिएको छ ।

राँकेबाट आयात गरिएको कोबीमा विषादीको मात्रा उच्च भएपछि कृषि प्रयोगशाला बिर्तामोड इकाईले नष्ट गरेको जनाएको छ । कोबीमा कार्वामेटको मात्रा ८.९९ र अर्गानो फस्फेटको मात्रा ९८.८५ प्रतिशत देखिएको प्रयोगशालाले जनाएको छ । उपयोग गर्न अयोग्य भएपछि ३० केजी कोबी पुरिएको जनाइएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशतभन्दा माथि देखिएमा उपयोग गर्न सकिदैन । आज विहान प्रयोगशालाले कोल्बुङको गोलभेडा, इनरुवाको करेला, शान्तिनगरको बोडी, फिक्कलको हरियो खोर्सानी र इलामको अकवरे विषादी अवशेष परीक्षण गरिएको थियो ।

त्यसमध्ये अकबरेमा ३२.६९ प्रतिशत अर्गानो फस्फेट देखिएको छ । तर, प्रयोगशालाले ३५ प्रतिशतभन्दा कम मात्रा देखिएमा उपयोग योग्यका रुपमा परिभाषित गर्ने गरेको छ ।

प्रकाशित मिति : श्रावण २०, २०८१ आईतबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]