बैशाख २५, २०८२ बिहीबार

पूर्वराज्य मन्त्री नागेन्द्र राय यादव एमाले फर्किए

काठमाडौं । मधेस प्रदेशका पूर्वराज्य मन्त्री नागेन्द्र राय यादव नेकपा एमालेमा नै फर्कनु भएको छ ।
रौतहट जिल्लाका एकीकृत समाजवादीका नेता यादव आइतबार पुरानो पार्टी नेकपा एमालेमा नै फर्कनु भएको हो ।

यादवलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताले पार्टीमा स्वगत गर्नुभएको हो ।
यादव सहितका रौतहटका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गर्नुभयो । उहाँहरू पार्टी विभाजित हुँदा नेकपा एमाले छाडेर माधव नेपालले नेतृत्व गर्नुभएको एककृत समाजवादीमा लाग्नुभएको थियो ।

प्रकाशित मिति : श्रावण २१, २०८१ सोमबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]