बैशाख २५, २०८२ बिहीबार

देवी माविको अखिल क्रान्तिकारी अनेरास्ववियुमा समाहित

बिर्तामोड । बिर्तामोडस्थित देवी माविमा गठित अखिल क्रान्तिकारीको नयाँ कमिटी अनेरास्ववियुमा समाहित भएको छ ।

अनेरास्ववियु झापाका इञ्चार्ज रोशन लामाका अनुसार देवी माविको अखिल क्रान्तिकारी अनेरास्ववियुमा समाहित भएको हो । क्रान्तिकारीका अध्यक्ष उत्सव ढुङ्गेल, उपाध्यक्ष, सहसचिवसहित सदस्यहरु अनेरास्ववियुमा प्रवेश गरेको लामाको भनाई छ ।

उनीहरुलाई एमाले झापाका अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङगेल र सचिव तुलसी कार्की लगायतले अनेरास्ववियु प्रवेश गर्ने विद्यार्थीहरुलाई स्वागत गरेका छन् ।

प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]