जेष्ठ २७, २०८२ सोमबार

पोखरा उच्च अदालतको मुख्य न्यायाधीशमा डा बागचन्द

काठमाडौँ, २५ साउनः न्याय परिषद्को आजको बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा रत्नबहादुर बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले डा बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।

३५ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

परिषद्को बैठकले न्याय सेवाबाट २५, सरकारी वकिलबाट छ र कानुन सेवाबाट चारजना गरी ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : श्रावण २५, २०८१ शुक्रबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]