बैशाख २५, २०८२ बिहीबार

नेकपा एमाले झापाले जिम्मेवारी बाँडफाँड गर्दै

बिर्तामोड । नेकपा (एमाले) जिल्ला कमिटी झापाको पूर्ण कमिटीको बैठक सुरु भएको छ । बिर्तामोडस्थित सिपि होटलमा पूर्ण कमिटीको दोस्रो बैठक सुरु भएको हो ।

आजको बैठकले जिल्ला इञ्चार्जको जिम्मेवारी पाउने रोमनाथ ओलीको स्वागत र यसअघिका इञ्चार्ज विशाल भट्टराईको विदाई गर्ने छ । बैठकले विभिन्न जिम्मेवारीहरु समेत बाँडफाँड गर्ने बुझिएको छ ।

बैठकमा पालिका कमिटीका अध्यक्षहरुले लिखित रिपोर्टिङ्ग पेश गर्ने, जिल्ला कमिटीमा केहि सदस्यहरु मनोनयन मनोनयन गर्ने, वार्षिक कार्ययोजनाको खाका प्रस्तुत गर्ने, जिल्ला कमिटीको कार्यविभाजन, सचिवालय गठन, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रको कार्यविभाजन, वडा इन्चार्ज, विभागीय जिम्मेवारी, जनसंगठन इन्चार्ज तोक्ने र सल्लाहकार परिषद्मा जिम्मेवारी तोक्ने तयारी छ ।

प्रकाशित मिति : श्रावण २६, २०८१ शनिबार  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]