बिर्तामोड वाणिज्य संघको सदस्यमा कार्की मनोनित
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले कार्यकारिणी समितिको सदस्यमा व्यवसायी पर्वत कार्कीलाई मनोनित गरेको छ ।
एक कार्यकालका लागि वाणिज्य संघको विद्यान २०७३ को परिच्छेद ५ को दफा १३ को उपदफा ‘घ’ मा व्यवस्था अनुसार सदस्यमा मनोनित गरिएको अध्यक्ष राजु न्यौपानले जानकारी दिए ।
कार्की नेपाल उद्योग व्यवसायी महासंघ झापाका अध्यक्ष एवम् होण्डाई, हाउजिङ सञ्चालक र संचार उद्यमीका रुपमा परिचित छन् ।