जेष्ठ २६, २०८२ आईतबार

क्यान्सरपीडितलाई २७ लाख सहयोग

पाँचथर, ३० साउन – सामाजिक सञ्जालको उपयोग गरी यहाँकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि रु २७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट रु २७ लाख ११ हजार चार सय २९ सङ्कलन भएको हो । स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गर्नुभएको थियो ।

हालै सङ्कलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो । प्राप्त रकमबाट उहाँले शल्यक्रिया गराउनु भएको छ । आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]