जेष्ठ ३, २०८२ शुक्रबार

उद्योग वाणिज्य संघमा पाँच सल्लाहकार र एक जना सदस्य मनोनित

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकार समितिमा पाँच जनालाई मनोनयन गरिएको छ । संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापासहित व्यवसायीहरु मोहनकुमार मित्तल, बिनोद बस्नेत, मोहन पाहिम र कमला विश्वकर्मालाई मनोनयन गरिएको हो ।

त्यस्तै युवराज कार्की ‘पर्वत’ लाई कार्यसमिति सदस्यमा मनोनयन गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद ९ को दफा २९.१ को उपदफा ‘क’ मा व्यवस्था भए अनुरुप सल्लाहकार समिति ममोनयन गरिएको हो भने सोही विधानको परिच्छेद ५ को दफा १३ को उपदफा ‘घ’मा व्यवस्था भए अनुरुप कार्यसमिति सदस्यमा कार्कीलाई मनोनयन गरिएको हो ।

सदस्यमा मनोनित कार्की नेपाल उद्योग व्यवसायी महासंघ झापाका अध्यक्ष एवम् होण्डाई, हाउजिङ सञ्चालक र संचार उद्यमीका रुपमा परिचित छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बीच एक महिला सहित पाँच जना सल्लाहकार समिति र एक जना कार्यसमिति सदस्यलाई स्वागतसहित बधाई ज्ञापन गरिएको छ । संघका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]