बैशाख २५, २०८२ बिहीबार

देख्ने गरी काम गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

आफ्नो सरकार बनेको १०० दिन पुगेको अवसरमा मुख्यमन्त्रीले नागरिक संवाद गर्ने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताले देख्नेगरी काम गर्नको लागि सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशको आम्दानी बढ्ने र नागरिकले देख्नेगरिको काम गर्न निर्देशन गर्नुभयो ।

प्रदेश संरचनामाथिको आलोचनालाई कम गर्ने र प्रदेशका कामहरुलाई जनतामार्फ बढिभन्दा बढि पुर्याउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘अब आलोचना कम हुनेगरि काम गर्नुहोस् ।’ आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुग्न लागेको अवसरमा प्रदेश सरकारले विभिन्न क्षेत्रसँग सुझाब संकलन गर्नेगरि आयोजना गर्ने कार्यक्रम र प्रगतिका विषयमा सचिवहरुसँग छलफल गर्नुभएको थियो ।उहाँले राम्रा राम्रा कामहरुलाई यो अवसरमा सार्वजनिक गर्न आवश्यक तयारी गर्न निर्देशन दिनुभयो ।

प्रदेश सरकारको आगामी साउन ३२ गते १०० दिन पुग्दैछ । सो अवसरमा विराटनगरका उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका अगुवा, पत्रकार तथा पेशागत क्षेत्रका व्यक्ति र विद्यालय तहमा अध्ययन गरिरहेका बालबालिकाहरुसँग मुख्यमन्त्रीले अन्तरक्रिया गर्नेगरि कार्यक्रम तय गरिएको छ ।

कार्यक्रमबाट प्रदेश सरकारलाई राय सुझाब आउने अपेक्षा गरिएको छ । त्यस्तै ३२ गते बेलुका ७ बजेदेखि ८ बजेसम्म नागरिकसँग फेसबुक पेजमार्फत लाइभ संवाद गर्ने तयारी मुख्यमन्त्रीको रहेको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  १० : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]